Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिजमाविमा चर्को शुल्क लिएको र अनियमितता भएको भन्दै ज्ञापनपत्र

tribeni2

रुकुम पश्चिम / जिल्लाको मुसिकोट नगरपालिका १ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा १२ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाईएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले विद्यालयमा शुल्क महंगो लिएको, अनियमिता बढेको भन्दै सुधारका लागि १२ बुँदे मागपत्र पेश गरिएको हो ।

त्रिजमाविकै अनेरास्ववियू क्रान्तिकारीले इकाई समितिले सोमबार विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनाललाई १२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो । इकाई समितिका अध्यक्ष विनोद सेर्पालीका अनुसार विद्यालयले संविधान र ऐन नियमको बर्खिलाप गरेर विद्यार्थीको ढाड सेक्ने गरी शुल्क उठाएको र विद्यालयका विभिन्न कार्यहरुमा अनियमितता भएकोले सुधारको माग सहितको ज्ञापनपत्र बुझाईको छ ।

ज्ञापनपत्रमा विद्यार्थीबाट मासिक शुल्क, अभिभावक शुल्क तथा अन्य शुल्क लिने गरेकोले पारदर्शिता रगैरकानूनी शुल्क फिर्ता गर्न माग गरिएको छ भने विद्यालय हाताभित्र हुने शैक्षिक व्यापार (ट्युसन, कोचिङ सेन्टर) बन्द गरेर निशुल्क कोचिङको व्यवस्था गर्न माग गरिएको छ ।

त्यसैगरी कक्षा ११ र १२ का शिक्षकहरुले हाजिरी बिनै एकमुष्ठ भत्ता लिने गरेको, विद्यालय समयमा पनि अन्यत्र पढाएर दोहोरो सुविधा लिने गरेको, डिप्लोमा इन सिभिल ओभरसियरको कार्यक्रमको अनुदान दुरुपयोग हुने गरेको, विद्यालयको आयव्यस सार्वजनिक नगरिएकोले तत्काल सुधार गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा विद्यालयका भौतिक संरचनाहरुको गुणस्तरियता नभएको, गैरकानूनी कर्मचारी भर्ना गर्ने गरिएको, बार्षिक कार्यतालिका अनुसारका शैक्षिक क्रियापकलाप नहुने गरेको, पुस्तकालयको उचित व्यवस्थापन नभएको, छात्रबृति वितरण निश्पक्ष नभएको, विद्यालयमा सुरक्षित घेरावार नभएको लगाएका समस्याहरु समाधानका लागि माग गरिएको छ ।

संगठनले मागहरु १५ दिन भित्र पुरा गर्न र अन्यथा संघर्षका कार्यक्रम सुरु गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्