Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली नदिमा बालक बेपत्ता

tribeni2

कर्णाली नदीमा डुबेर डोटी बडीकेदार गाउँपालिकाका एक जना बालक बेपत्ता भएका छन ।

बडीकेदार गाउँपालिका ५ ओखलढुङ्गाका १३ बर्षिय हर्कबहादुर थापामगर नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले जानकारी दिए ।

हिजो बेलुका मामा घरमा भेटघाटका लागी जानेक्रममा कर्णाली नदीमा बेपत्ता भएका बालकको खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मेलघाडी आधारभुत बिद्यालयमा अध्ययरत बालक बिदाको समय भएकाले भेघटाका लागी मामा घरमा गएको बालकका दाजु प्रकाश थापाले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १३:०४
प्रतिक्रिया दिनुहोस्