Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा तीन वर्षमा ८७ जनाले गरे आत्महत्या

'आत्महत्याको मुख्य कारण सामाजिक संरचना र व्यवहार '
२०७९ भदाै ७
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमममा पछिल्लो तीन वर्षमा ८७ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि ०७८/०७९ सम्ममा झुण्डिएर, विष सेवन गरेर र हाम फालेर मर्नेको संख्या ८७ जना रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) बिष्णु प्रसाद सोतीले आत्महत्या गर्नेहरुमा युवा अवस्थाका पुरुषको संख्या बढी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार गत तीन आर्थिक वर्षमा ४५ जना पुरुष, २३ जना महिला, आठ जना बालक र ११ जना बालिकाले आत्महत्या गरेका छन् ।

प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २६ जनाले आत्महत्या गरेका छन् । जसमध्य २३ जनाले झुण्डिएर र तीन जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । यो वर्ष आत्महत्या गर्नेहरुमा १३ जना पुरुष, नौ जना महिला, एक बालक र तीन जना बालिका रहेका छन । यो वर्षमा सबैभन्दा धेरै आत्महत्या गर्नेहरुमा मुसिकोट नगरपालिकाका रहेका छन् ।

यस्तैगरी आर्थिक वर्ष २०७७/०७८ मा ३५ जनाले आत्महत्या गरेका छन् । १६ जना पुरुष, आठ जना महिला, पाँच बालक र ६ बालिकाले यस वर्ष आत्महत्या गरेका हुन् । ३५ जनामध्य ३१ जनाले झुण्डिएर र तीन जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको तथ्यांकमा रहेको छ । यस वर्ष जिल्लाको बाँफिकोट गाउँपालिकामा सवै भन्दा धेरै जनाले आत्महत्या गरेका थिए ।

बितेको आर्थिक वर्षमा २०७८/०७९ मा १६ पुरुष, ६ महिला, दुई बालक र दुई बालिका गरि जम्मा २६ जनाले आत्महत्या गरेका छन् । जसमा २२ जनाले झुण्डिएर, तीन जनाले विष सेवन गरेर र तीन जनाले हाम फालेर आत्महत्या गरेको डिएसपी सोतीले बताउनुभयो । यस वर्षमा पनि सवै भन्दा धेरै आत्महत्या गर्नेहरुमा बाँफिकोट गाउँपालिकाका रहेका छन् ।

डिएसपी सोतीले आत्महत्याको मुख्य कारण सामाजिक संरचना र व्यबहार रहेको उल्लेख गर्नुभयो । पारिवारिक संस्कार, स्कुल शिक्षा, सामाजिक संरचनाको कारण मानिस आत्महत्या सम्मको बाटोमा पुग्नु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको उहाँको भनाई छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्