Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट ६६ छात्रालाई शैक्षिक सामाग्री बितरण

२०७९ भदाै ७
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बिद्यालयमा अध्ययनरत ६६ जना छात्रा हरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

बिद्यालयको छात्रावासमा बसोबास गर्ने गरिब, बिपन्न बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच स्कुल ब्याग, कापी, कलम, क्याल्कुलेटर, जियोमेट्री बक्स लगाएतका शैक्षिक सामाग्री वितरण गरिएको हो । बिद्यालयमा कक्षा एलकेजी देखी कक्षा १२ सम्म अध्ययनरत बिभिन्न ठाउँका ६६ जना छात्राहरु विद्यालयको छात्राबासमा निःशुल्क बस्दै आईरहेका छन् ।

शैक्षिक पाटोमा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य सबैभन्दा न्यून स्तर भएको यस जिल्ला मा शिक्षालाई सुधार गर्दै बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई थप प्रोत्साहनका लागि शैक्षिक सामाग्री उपलब्ध गराएको मुख्यमन्त्री शैक्षिक सुधार रुकुम पूर्वका जिल्ला समन्वयकर्ता दुर्गा गौतमले बताउनुभयो ।

यस अघि पनि बिद्यालयमा बिद्यार्थीको अतिरिक्त कार्यक्रम संचालनका लागि संगित सामाग्री पनि वितरण गरिएको थियो । बिद्यार्थीको गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने उद्धेश्यका साथ मुख्यमन्त्रि शैक्षिक सुधार कार्यक्रमले पछिल्लो समय बिद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक कार्यक्रमहरु लाई नै प्रोत्साहन दिएको समन्वयकर्ता गौतमले बताउनुभयो ।

यस्तै सिस्ने गाउँपलिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले मुख्यमन्त्रि शैक्षिक सुधारसँग सिस्ने गाउँपालिकाले समन्वय गर्दै शिक्षाको भौतिक, आर्थिक तथा शैक्षिक सुधारतर्फ बिशेष जोड दिने बताउनुभयो । अहिले सिस्ने सरकारले शिक्षालाई नै प्रथामिकतामा राखेर शिक्षा क्षेत्रलाई बलियो बनाउनेतर्फ योजनाहरु बनाएको हुँदा पनि सिस्ने सरकार लागि पर्ने गाउँपलिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहालले बताउनुभयो ।

स्तै बिद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लले बिद्यार्थीको सिकाइलाई सहजताका लागि शैक्षिक सामाग्री उपलब्धतमा मद्धत गर्ने मुख्यमन्त्री शैक्षिक सुधार केन्द्र र सिस्ने गाउँपलिकालाई धन्यबाद ज्ञापन गर्नुभयो । अझै पनि शैक्षिक तथा भौतिक सुधारका लागि सहयोगी निकायबाट आशावादी रहने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्