Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा बालबालिकालाई फाइजर खोप लगाउन सुरु

११ हजार बढी बालबालिकालाई खोप लगाउने लक्ष्य
२०७९ भदाै ७
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वका बालबालिकालाई आजबाट कोरोना भाइरस विरुद्धको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप लगाउन सुरु गरिएको छ । पाँच वर्षदेखि ११ वर्ष उमेर सम्मका बालबालिकालाई आज देखि खोप लगाउन सुरु गरिएको हो ।

फाईजर खोप आगामी भदौ ११ गतेसम्म लगाइने स्वास्थ्य कार्यालय रुकुम पूर्वका सुचना अधिकारी निमप्रसाद गिरीले बताउनुभयो ।

आज मंगलबार जिल्लाका ३१ वटा खोप केन्द्रबाट बालबालीकालाई खोप दिईएको छ । जसअन्तर्गत पुथा उत्तरगंगा गाउँपलिकामा १०, भूमे गाउँपालिकामा ११ र सिस्ने गाउँपालिका मा १० वटा खोपकेन्द्रबाट खोप दिईएको सुचना अधिकारी गिरीले बताउनुभयो ।

उहाँका अनुसार यो पटक पहिलो मात्राको खोप लगाउनुपर्ने छ । पहिलो खोप लगाएको २१ दिन देखि २८ दिनसम्म दोस्रो मात्राको खोप लगाइनेछ ।

स्वास्थ्य कार्यालयको अनुसार तथ्याङ्क अनुसार जिल्लामा ५ वर्षदेखि ११ वर्षमुनिका बालबालिकाको सङ्ख्या ११ हजार ५०७ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्