Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कुलो भत्किएपछि सडकमा नहर, स्थानीयलाई सास्ती

tribeni2

रुकुम पश्चिम / जिल्लाको चौरजहारी नगरपालिकाको एक सिँचाई कुलो भत्किएर सडकमा नहर मिसिदा स्थानीयलाई सास्ती भएको छ।

चौरजहारी नगरपालिका ७ को मेलैनाउली देखि ४ नम्बर वडाको मन्कोट जोड्ने सडकमा सिँचाई कुलो (नहर) मिसिदा स्थानीयलाई आवजावतमा समस्या परेको स्थानीयको गुनासो रहेको छ । बर्षायाम सुरु भएपछि गत साउनमा भकुन्ने सिचाँई कुलो भत्किएको थियो ।

चौरजहारी ४ मन्कोटका सुरज रोकायले पहिराले कुलो भत्काएपछि स्थानीयले बाध्य भएर सडकबाटै पानी लिने गरेको जनाउनुभयो । चौरजहारी ७ भकुन्डेको धान खेतीमा पानी लिनको लागि सडकलाई नै कुलो बनाईएको रोकायले जानकारी दिनुभयो ।

महिना दिन बित्दा पनि सिँचाई कुलो नबनेकोले किसानले सडकबाटै सिँचाईको लागि कुलो लिन बाध्य भएको स्थानीय प्रेम भण्डारीले बताउनुभयो । बाटोमा कुलो मिसिदा सर्वसाधारणलाई आवजावतमा समस्या हुनेगरेको उहाँले उल्लेख गर्नुभयो । ‘कोहि बिरामी भएमा स्टेचरमा बोकेर लैजान मिल्ने सडक छैन,’ भण्डारीले प्रश्न गर्नुभयो ‘यसलाई सडक भन्नुकि नहर भन्नु ?’

गाउँ जाने मुख्य सडक हिड्न नमिल्ले अवस्थामा हुँदा विद्यालय, अस्पताल, बजार आउजाउ गर्ने सर्वसाधारणहरु मारमा परेका छन् । विद्यार्थीहरु हातमा चप्पल र जुत्ता बोकेर हिलाम्ये सडक पार गर्न बाध्य भएका छन् । बजारदेखि दैनिक आवश्यकता सामान किनेर गाउँ फर्कनेहरुले पनि सडकमा खेप्ने गरेका गरेका छन् ।

चौरजहारी नगरपालिका वडा नम्वर ४ ले विगत २० वर्ष देखि भकुन्डेको खेतीयोग्य फाँटको लागि प्रयोग हुँदै आएको सिँचाई कुलो वर्षाको कारण भत्किएर समस्या भएको जनाएको छ । वडा अध्यक्ष गोपाल भण्डारीले सानो रकमले कुलो मर्मतको काम नहुने र निरन्तरको वर्षाको कारण कुलोसँगै स्थानीय रामबहादुर रोकायको घर समेत जोखिममा रहेकोले धानखेती सुक्न नदिन किसानले बाध्य भएर सडक छेउबाटै कुलो लिन बाध्य भएको बताउनुभयो ।

सडकको करिब ६० मिटर खण्डमा सिँचाईको तत्कालको समस्या टार्न सडक छेउबाट पानी लिने गरिएको छ । तर वर्षाको कारण सडकमा आउने समस्या छ । माथिल्लो निकायमा अनुरोध गरेर वर्षापछि कुलो मर्मतको काम सञ्चालन गर्ने वडा अध्यक्ष भयडारीले जानकारी दिनुभयो

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्