Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेशनल लाईफ ईन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

tribeni2

रुकुम पश्चिम / नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दावी रकम हस्तान्तरण गरेको छ ।

शाखा कार्यालय रुकुम पश्चिमले बुधबार एक कार्यक्रम आयोजना गरी चौरजहारी नगरपालिका कि स्व.जमुना भन्डारीको र मुसिकोट नगरपालिका का स्व. महेश खडकाको मृत्यू दावी रकम प्रदान गरेको हो ।

दुबै जनाको मृत्यू दावी रकम अन्र्तगत जम्मा २३ लाख ८० हजार ५ सया ७६ रुपैया भूक्तानी गरेको शाखा कार्यालय प्रमुख टंक हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु दावी रकम अन्र्तगत स्व. जमुना भन्डारीका श्रीमान तिलक भन्डारीलाई रु. ११ लाख ८५ हजार ५ सय ७६ र स्व. महेश खड्काका बुवा एक बहादुर खड्कालाई रु ११ लाख ९५ हजार हस्तारण गरिएको छ ।

उहाँहरु दुवै जनाको बिमा १० लाख रकमको रहेका थियो । जसमा जमुना भन्डारीले ४ किस्तामा ३ लाख ७६ हजार ८ सय रकम जम्मा गर्नुभएको थियो भने महेश खड्काले ४ किस्तामा गरि जम्मा २ लाख २३ हजार ४ सय रकम जम्मा गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्