Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सरकार

राष्ट्रसंघलाई नेपालको आग्रहः हामीलाई विस्वास गर

काठमाडौं ५ बैशाख ।
tribeni2

सरकारले नेपालको क्षमतामाथी विस्वास गर्न संयुक्त राष्ट्रसंघसंग आग्रह गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन सक्षम रहेको भन्दै नेपालको क्षमतामाथि विश्वास गर्न आग्रह गरेका हुन् ।

उनले सशस्त्र द्वन्द्वका गम्भीर मानवअधिकार उल्लंघनमा माफी दिने योजना नरहेको बताए । सत्य निरुपण तथा बेपत्ता छानबिनको काममाथी शंका गर्दै संयुक्त राष्ट्र सङ्घले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई १० पेज लामो पत्र लेखेको भोलीपल्टै सरकारले यस्तो बताएको हो ।

नेपालको शान्ति प्रक्रिया समकालीन समयको नमुना भएको भन्दै उनले गम्भीर मानवअधिकार उलंघनका घटनामा माफी दिने तयारी नरहेको समेत बताए ।

राष्ट्रसंघले द्वन्द्वकालीन मुद्दाहरू टुङ्ग्याउन गरेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै पत्र पठाएको थियो । पत्रमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको आयोगले गर्ने काम निष्पक्ष, स्वतन्त्र र पारदर्शी हुन सक्ने मै शंका व्यक्त गरिएको थियो ।
राष्ट्रसंघले सरकारले ऐन संशोधन गरेरै मानव अधिकार उल्लंघनका घटनामा आममाफी दिन खोजेको भन्दै आशंका गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  २२:०४
प्रतिक्रिया दिनुहोस्