Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा १६ कार्यालयको कार्यक्रम सार्वजनिक

शुक्रबार थप १० वटा कार्यालयले कार्यक्रम सार्वजनिक गर्ने
२०७९ भदाै ९
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा गत आर्थिक वर्ष २०७८ ०७९ को जिल्ला स्तरीय समीक्षा तथा चालू आर्थिक वर्षका कार्यक्रम सार्वजनिक कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको आयोजनामा बिहिबार देखि कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा सङ्घीय, प्रदेश मातहतका जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहको वार्षिक समीक्षा कार्यक्रम तथा चालू आर्थिक वर्षको कार्यक्रम सार्वजनिक गरिएको छ । जिल्लामा रहेका २६ वटा कार्यालयले आफ्नो वार्षिक प्रगति र चालू आर्थिक वर्षको कार्यक्रम सार्वजनिक गर्ने बताईएको छ ।

जसअन्तर्गत बिहिबार १६ वटा कार्यालयले कार्यक्रम सार्बजनिक गरिसकेका छन् भने बाँकी कार्यालयले भोली शुक्रबार सार्बजनिक गर्ने भएका छन् । आज बाट सुरु भएको उक्त कार्यक्रम भोलिसम्म सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा रहेका सरकारी कार्यालयबाट हुने सेवा प्रबाह का बारेमा जनतालाई जानकार गराउने उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनु भयो । यस्तै कार्यक्रममा मन्तव्य राख्ने अतिथिले आफ्नो कार्यालयका कार्यक्रम समयलाई ख्याल राखि कार्य सम्पादन गर्नु पर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष सकिने बेला मात्र बजेट खर्च गर्ने प्रवृत्तिलाई त्याग्दै जानु पर्ने धारणा उनीहरुले राखेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका नेता तथा पूर्व आपूर्ति मन्त्री गणेशमान पुनको रहेको थियो । विशेष अतिथिमा जिसस उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, कार्यालयका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी लगायतको सहभागिता रहेकोमा कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले गर्नु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्