Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादीले कर्णालीमा २ मन्त्री फिर्ता गरेर शाह र कामीलाई मन्त्री बनाउने

tribeni2

सुर्खेत / नेकपा माओवादी केन्द्रले कर्णालीमा अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको छ । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जानकारी दिएको छ ।

उनीहरुको ठाउँमा कृष्णा शाह र रातो कामीलाई पठाइने भएको छ । शाह जाजरकोटबाट समानुपातिक सांसद हुनुहुन्छ भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । पार्टी केन्द्रको निर्णयअनुसार मन्त्री फेरबदल गरिएको पूर्व मन्त्री एवं माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले जानकारी दिनुभयो ।

केसीले ‘समावेशी सिद्धान्तको सुरुवात गर्ने माओवादी भएकाले सरकारलाई समावेशी गराउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाएर महिला सांसद शाह र रातो कामीलाई पठाउने निर्णय भएको बताउनुभयो ।

११ जना सांसद रहेको कर्णालीमा हालसम्म एकजना मुख्यमन्त्रीसहित ८ जना मन्त्री भइसकेका छन् भने एकजना उपसभामुख र बाँकी दुईजना मन्त्री हुन बाँकी छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्