Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा वनसँग सेलिब्रेटी कार्यक्रम

२०७९ भदाै ११
tribeni2

रुकुम पूर्व / हरितालिका तीज पर्वको अवसरमा रुकुम पूर्वमा वनसँग सेलिब्रेटी कार्यक्रम हुने भएको छ । डिभिजन वन कार्यालय रुकुम पूर्वले भदौ १४ गते वनसँग सेलिब्रेटी वन कार्यक्रम गर्न लागेको हो ।
डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्रका खड्काका अनुसार तीज गित मार्फत वन, वातावरण र वन्यजन्तु सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यका साथ तीजकै दिन वनसँग सेलिब्रेटी कार्यक्रम राखिएको हो । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रम अनुसार सचेतना फैलाउन उक्त कार्यक्रम गरिएको हो । चाडपर्वमा हुने साँस्कृतिक प्रस्तुतिलाई सन्देशमुलक बनाउन पनि आवश्यक रहेकोले वनसँग सेलिब्रेटी कार्यक्रम राखिएको खड्काले जानकारी दिनुभयो ।

रुकुम पूर्व वन र वन्यजन्तुको राम्रो सम्भावना बोकेको जिल्ला भएकोले यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले उल्लेख गर्नुभयो । सबै दिदिबहिनीहरु कलाकारहरुको साथमा एकै ठाउँमा जम्मा गरेर सन्देशमुलक साँस्कृतिक प्रस्तुति गर्ने तयारी गरिएको केसीले बताउनुभयो । यसले चाडपर्व मनाउने शैली भड्किलो र खर्चिलो नभई सन्देशमुलक हुनुपर्ने सन्देश समेत प्रवाह हुने विश्वास केसीको रहेको छ ।

कार्यालयले जिल्लाको सिस्ने गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ र न्यु अमर छापाखाना रुकुम पुर्वको समन्वय तथा सहयोगमा उक्त कार्यक्रम गर्न लागेको जनाएको छ । कार्यक्रममा कलाकारहरु पुर्ण चन्द्र परियार्, सम्झना रणपाल, दिपक भण्डारी, मन्जु भट्टराई र टंक संगीतको प्रस्तुती रहने छ । कार्यक्रम जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वको प्राङ्गणमा हुने जनाईएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्