Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नर्सिङ्ग कर्मचारीहरुको लागि मानसिक स्वास्थ्य तालिम

२०७९ भदाै ११
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा मानसिक स्वास्थ्य सम्बन्धी ५ दिने पुनर्ताजगी तालिम सुरु भएको छ । सिस्ने गाउँपालिका ६ मा रहेको चाईनिज होटेलमा शनिबार एक कार्यक्रमका बिच तालिमको उद्धघाटन गरिएको हो ।

नेपाल जनजागरण मंचको आयोजना, युनाईटेड मिशन टु नेपालको आर्थिक सहयोग, भूमे र पुथा उत्तरगंगा गाउँपलिका र स्वास्थ्य कार्यालय रुकुम पूर्वको समन्वयमा स्थानीय स्वास्थ्य नर्सिङ्ग कर्मचारीहरुका लागि उक्त तालिमको आयोजना गरिएको हो ।

मानसिक स्वास्थ्य सम्बन्धी पहिला नै तालिम लिइसकेका भूमे, पुथा उत्तरगंगा गाउँपलिका साथै जिल्ला अस्पताल रुकुम पूर्वका नर्सिङ्ग कर्मचारीहरुलाई पुनर्ताजगी गराई समाजमा रहेका मानसिक बिरामीहरुको हेरचाहमा सहजता गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको नेपाल जनजागरण मंचका कार्यक्रम निर्देशक शम्भु बि.सी.ले बताउनुभयो ।

आगामी १५ गतेसम्म संचालन हुने तालिममा जिल्लाका १७ जना नर्सिङ्ग कर्मचारीहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण सि.एम.सि. नेपालका राजेश झा र मनिप्रसाद रासले गरिरहनुभएको छ ।

स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख नारायण चौधरीको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा सिएमसि नेपालका राजेश झा, मनि प्रसाद रास, युएमएन तथा नेपाल जनजागरण मंचका कर्मचारी लगाएत स्वस्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्