नेभिगेशन
समाज

नेरेसो रुकुम पूर्वले पूर्णता पायो, सभापतिमा गौतम र मन्त्रीमा बुढाथोकी चयन

रुकुम पूर्व / शनिबार रुकुमकोटमा नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दामोदर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

जानकारी अनुसार सम्पूर्ण पदाधिकारी र कार्यसमितिका सदस्य सर्वसम्मत चयन भएका छन् । सभापतिमा दामोदर गौतम, उप सभापतिमा टेकप्रसाद समाल र शिल्पा पौडेल निर्वाचित हुनुभएको छ । यसैगरी मन्त्रीमा लोकेन्द्रबहादुर बुढाथोकी, उप–मन्त्रीमा भिमकान्त उपाध्याय, कोषाध्यक्षमा वामदेव गौतम, उप–कोषाध्यक्षमा कमानसिङ खत्री सर्वसम्मत निर्वाचित हुनु भएको छ । ७ जना पदाधिकारी १० सदस्य गरी १७ जनाको कार्य समिति निर्माण गरिएको छ ।

तदर्थ समितिले नियमित कामकाज गर्दै आएको रुकुम पूर्वको रेडक्रसको रुकुम पूर्व शाखाले पहिलो पटक पूर्णता पाएको छ ।

अधिवेशनको उद्घाटन कार्यक्रममा तदर्थ समितिका संयोजक मोहनबहादुर केसीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महामन्त्री लालप्रसाद पंगेनी, जिल्ला अधिवेशनका निर्वाचन अधिकृत गुमनराज तुलामीको विशेष आतिथ्यता रहेकोमा जिल्ला स्थित विभिन्न व्यक्तित्वहरूको पनि आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन तदर्थ समितिका सदस्य भुपेन्द्र आचार्यले गर्नु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज