Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १० मा कुकरको टोकाईबाट २ मानिस सहित पशुवस्तु घाइते

सजक रहन वडा सरकारको आग्रह
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० मा कुकुरले मानिससँगै विभिन्न जनावरहरुलाई टोकेर घाईते बनाएको छ ।

शनिबार वडाको गलम्पाटी, झन्डारी, जुगे खोर्यटोलमा बहुला जस्तो देखिने कुकुरले दुई जना मान्छे, चार वटा भैसी, एक वटा गोरु र ६ अन्य कुकुरलाई टोकेको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीय मनसुवा रोकाय र टेकबहादुर बुढाथोकीलाई कुकुरले टोकेर घाईते बनाएको हो ।

वडा अध्यक्ष खड्काका अनुसार कुकुरको टोकाईबाट घाइते हुनुभएका रोकाय र बुढाथोकीलाई जिल्ला अस्पताल सल्लेमा ल्याएर रेबिज बिरुद्धको खोप लगाईएको छ । त्यसैगरी कुकरले टोकेका पशुवस्तुभाउको लागि मुसिकाेट नगरपालिकाको पशु सेवा शाखाबाट कर्मचारी पठाएर गाउँमै खोप लगाईएको छ ।

नगरपालिकाबाट १२ डोज रेबिज बिरुद्धको खोप लगेर कुकुरको टोकाइबाट घाइते भएका बस्तुभाउलाइ शनिबार नै लगाएको वडा अध्यक्ष खड्काले बताउनुभयो । उहाँले सेतो रंगको बहुलाएको जस्तो देखिने, पुच्छर सेपेको, जिब्रो निकालेको उक्त कुकुरबाट सावधन रहन र कतै देखेमा खबर गर्न समेत अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्