Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेकपा एसले रुकुम पश्चिमबाट गर्यो प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवार सिफारिस

tribeni2

रुकुम पश्चिम / नेकपा (एकीकृत समाजवादी) रूकुम पश्चिमले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।

आईतबार मुसिकोटमा बसेको पार्टीको निर्वाचन समन्वय कमिटिको सयुक्त बैठकले प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश निर्वाचन क्षेत्र नम्वर 'क' को लागि हरिप्रसाद शर्मा, सुरज कुमार परियार, सिताराम देवकोटा र भगवती शाहीको नाम सिफारिस गरेको छ भने प्रदेश निर्वाचन क्षेत्र 'ख' को लागि शेर बहादुर के. सी., कल्याणी खडका, रबिन्द्र बिष्ट र चिना बि कको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी प्रतिनिधि सभा तर्फ ठगेन्द्रप्रकाश पुरी, देवी ओली र माधव गौतमको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्