Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
पत्रकार अर्जुन गिरी

पत्रकार गिरी रिहाः प्रेस काउन्सिलले माग्यो माफी

काठमाडौं ५ बैशाख ।
tribeni2

पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले गिरीलाई आज साधारण तारेखमा रिहा गरेको हो ।

पोखरास्थित ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक गिरीलाई ठगीको समाचार लेखेका कारण प्रहरीले पक्राउ गरेको थियो ।
गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार दिनदेखि थुनामा राखेको थियो ।

यसैबिच प्रेस काउन्सिल नेपालले तान्डव न्युज डटकम दर्ताका क्रममा भएको त्रुटीप्रती क्षमा मागेको छ । सिआईबिको अनुसन्धानका क्रममा तान्डव न्युज दर्ता नभएको सुचना दिएका कारण पत्रकार गिरी पक्राउ परेको भन्दै सामाजीक सञ्जालमा काउन्सिलको तिव्र बिरोध भएपछि काउन्सिलले आज प्रेस विज्ञप्ती निकालेर त्रुटी भएको स्विकार्दै गल्ती गर्ने कर्मचारीलाई कारबाही प्रकृया अघि बढाएको जानकारी दिएको छ ।

काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुषालले विज्ञप्ती जारी गर्दै काउन्सिलका कारण पत्रकार गिरीलाई परेको अप्ठेरो प्रती क्षमा मागेका छन् ।
काउन्सिलको दर्ता अभिलेख दुरुस्त बनाउन काम अघि बढाइएको काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  २३:०४
प्रतिक्रिया दिनुहोस्