Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिक्षामा देखिएका समस्या र आगामी योजनाका बारेमा शैक्षिक बहस

tribeni2

काठमाडौं / अनेरास्ववियु (क्रान्तिकारी)ले आईतबार काठमाडौंमा शिक्षा क्षेत्रमा देखिएका विभिन्न खाले समस्या र आगामी योजनाका बिषयमा शैक्षिक बहस गरेको छ ।

संगठनको केन्द्रिय समिति शैक्षिक बिभागको आयोजनामा भएको बहस कार्यक्रममा बिभिन्न शेषणमा विभिन्न वक्ताहरुले सहजिकरण गर्नुभएको अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा शैक्षिक विभागका उपसंयोजक सुन्दर शर्माले जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रका जानकारहरुको सहजिकरणमा शिक्षा र राजनीति, सार्वजनिक शिक्षा र राज्यको दायित्व, आजको बिश्वबिद्यालय कस्तो बिश्वबिद्यालय, प्राबिधिक शिक्षा र रोजगारको सवाल जस्ता बिषयमा बहस भएको बताइएको छ । कार्यक्रममा देशभरीबाट करिब २०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पहिलो सत्रमा भएको शिक्षा र राजनीति को विषयमा शिक्षामन्त्री देवेन्द्र पौडेल, हिमाल शर्मा, पन्चा सिंह लगायतले बाेल्नुभएकाे थियो । बहसको दोश्रो सत्रमा सार्बजनिक शिक्षा र राज्यको दायित्वको विषयमा वक्ताहरु विद्यानाथ कोइराला, लेखनाथ न्यौपाने, इन्द्र मोहन झाले बोल्नुभएको थियो । 

त्यसैगरी बहसको तेस्रो सत्रमा 'आजको बिश्वविद्यालय, कस्तो बिश्वविद्यालय '? भन्ने बिषयमा बहस गरिएको थियो । उक्त विषयमा ने कपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य रामदिप आचार्य, काठमाडौ विश्व विद्यालयका उपकुलपति डा. भोला थापा, राजनितीक बिश्लेशक प्रज्वल प्रसाईं र नागरिक अगुवा सन्तोष परिवारले बहस गर्नुभएको जनाईएको छ ।

चौथो सत्रमा प्राबिधिक शिक्षा र रोजगारको सवालमा बहस गरिएको थियो । उक्त बहसमा डा. जगदीश अग्रवाल, डा. रामहरि लामिछाने, युवराज चौलागाईं र सूचना आचार्यले बोल्नुभएको थियो ।

बहस कार्यक्रमले आगामी दिनमा शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधार र खस्कदै गएको बिद्यार्थी आन्दोलनको दिशा निर्देशित गरेको अनेरास्ववियु (क्रान्तिकारी)ले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्