Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

देउता खोलाले बगाउँदा एक जना बेपत्ता

२०७९ भदाै १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा गाउँपालिकाको वडा नम्वर ३ का दलबिर गुरुङ बेपत्ता हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार अन्दाजी ७० बर्षिय गुरुङलाई खोलाले बगाएको हो । आईतबार बिहान देखि परेको निरन्तरको वर्षाको कारण देउता खोलामा पानीको बहाव बढ्दा गुरुङलाई बगाएको हो ।

खोलाले किनारमा रहेका घर र खेतमा समेत क्षति गरेको छ । स्थानीयका अनुसार काँशिराम पुनको घरमा क्षति हुनुका साथै लगायत खोला किनारमा लगाईएको धानबाली नष्ट भएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकि रहेको छ भने बेपत्ता गुरुङको खोजिकार्य भैरहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्