Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा पहिरोले पुरिदा एकै घरका तीन बेपत्ता

उद्धार कार्य जारी
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा आईतबारको अविरल वर्षाको कारण आएको पहिरोमा परेर एकै घरका तीन जना बेपत्ता भएका छन् ।

जिल्लाको आठबीसकोट नगरपालिका १४ को पिपलचौरमा रहेको सामुदायीक वनको भवनमा पुरिएर तीन जना बेपत्ता भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार बेपत्ता हुनेमा जाजरकोटको भेरि नगरपालिका १ मैदैका ३० बर्षिया बालमती राना र उहाँका दुई छोरीहरु १२ बर्षिया तिर्सना राना र दुई बर्षिया प्रतिक्षा राना बेपत्ता भएका हुन् ।

जाजरकोटको नगरगाड नगरपालिका १ माईतीघरबाट घर फर्कने क्रममा उनीहरु बेपत्ता भएका हुन् । प्रजिअ घिमिरेका अनुसार निरन्तरको वर्षाको कारण पिपरचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएको बेला भवन माथीबाट आएको पहिरोमा परेर उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ताहरुको उद्धारको लागि प्रहरी चौकी पुर्तिमकाँडा र इलाका प्रहरी कार्यालय आठबिसकोबाट प्रहरी टोली घटनास्थल पुगेको छ । प्रजिअ घिमिरेले डोजर लगाएर पुरिएकाहरुको उद्धार कार्य जारी राखेको बताउनुभयो । घटनाको थप विवरण आउन बाँकि रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्