सानीभेरी ५ मा पहिरोले घर भत्किदा एक बालिका घाईते, तीन घर भत्किए

रुकुम पश्चिम / शनिबार रातीबाट आएको निरन्तरको वर्षाको कारण सानीभेरी गाउँपालिका ५ घापागारमा गएको पहिरोले घर भत्किदा एक बालिका घाईते भएकी छन् । पहिराले तीन घर भत्किएका छन् ।

पहिरोका कारण स्थानीय गोपाल कुसारीको घर भत्कदा कुसारीको पाँच बर्षिया छोरी सुस्माको दायाँ खुट्टा भाँचिएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । घाईते सुस्माको स्थानीय मेडिकलमा उचार पश्चात जिल्ला अस्पताल लगिएको स्थानीयले बताएका छन् । कुसारीको घरमा बाँधेर राखिएका दुई वटा भैसी समेत पहिरोमा पुरिएर मरेका छन् ।

स्थानीयले प्रजिअ घिमिरेलाई जानकारी गराए अनुसार सोहि ठाउँका चन्द्रबिर पुन र अमर पुनको घर समेत पहिरोमा परेर भत्किएका छन् । अन्य मानवीय क्षति भने भएको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्