Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नक्कली परिक्षार्थी सेरीगाउँबाट पक्राउ

tribeni2

रुकुम पश्चिम / अरुको नामबाट परीक्षा दिने एक बिद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित श्री यमुना नन्द नमूना माविमा संचालन भईरहेको कक्षा १० को एसइईको ग्रेड बृद्धिको परीक्षामा अर्काको नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी रुकुम पश्चिमका अनुसार जिल्लाको आठबिसकोट नगरपालिका १४ का १९ बर्षिय बिरेन्द्र मल्ल पक्राउ परेका हुन् । पक्राउ परेका मल्ललाई शिक्षा ऐन अन्तर्गतकाे मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरेर कारबाहिका लागि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) बिष्णु प्रसाद सोतीले जानकारी दिनुभयो ।

मल्लले नेपाली बिषयकाे परीक्षा अर्कै व्यक्तिको नामबाट दिईरहेको बेला प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्