Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

tribeni2

सुर्खेत / कर्णाली प्रदेश सरकारका नवनियुक्त दुईजना मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरिएको थियो ।

सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई शपथ ग्रहण गराउनुभएको हो । योजना मन्त्री शाह र ऊर्जा मन्त्री कामीले सपथ लिएसँगै कार्यभार सम्हाल्नु भएको छ ।

माओवादी केन्द्रबाट योजना मन्त्री शाह जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ भने कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागि दुईजना मन्त्री फिर्ता बोलाएर सदस्यद्वय शाह र कामीलाई सरकारमा पठाइएको हो ।

यस अघि माओवादी केन्द्रबाट योजना मन्त्रीमा विन्दमान विष्ट र ऊर्जामन्त्रीमा गणेशप्रसाद सिंह हुनुहुन्थ्यो ।  उहाँहरुलाई पार्टीले फिर्ता बोलाएपछि आइतबार राजीनामा दिनुभएको थियो ।

शाह र कामीलाई मन्त्रीमा नियुक्त गरेसँगै कर्णाली प्रदेश सरकार समावेशी बनेको छ । कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र  एकीकृत समाजवादी पार्टी तीनदलीय गठबन्धनको सरकार छ । आठ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री र दुई मन्त्री, माओवादी केन्द्रका तीन मन्त्री र एकीकृत समाजवादीका दुई मन्त्री छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्