Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खोलाले बगाउँदा बेपत्ता भएका बृद्धको शव फेला, महिला अझै बेपत्ता

२०७९ भदाै १३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा आइतबार खोलाले बगाएका एक बृद्धको शव फेला परेको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का ७० बर्षिय दलबिर गुरुङ सोमबार मृत अबस्थामा फेला पर्नुभएको हो ।

आइतबार बिहान खोला छेउमा हिड्दै गरेको अबस्थामा देउताखोलाले बगाएर गुरुङ बेपत्ता हुनुभएको थियो । खोजिको क्रममा रिम्ना देखि माथी फल्लेबगर भन्ने स्थानमा उहाँको शव फेला परेको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जगदिश नकालले जानकारी दिनुभयो ।

त्यस्तै आइतबार बिहान सोहि वडाकी ७० बर्षिया लिला गुरुङ पनि बेपत्ता हुनुभएको थियो । देउताखोलाले बगाएर बेपत्ता भएको तर अहिलेसम्म फेला नपरेको वडा अध्यक्ष नकालले जानकारी दिनुभयो । उहाँको खोजी कार्य भैरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्