Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
अर्जुन बोगटी

ब्लड क्यान्सरबाट ग्रसित २२ बर्षिय युवाको चित्कार ‘म धेरै बाँच्न चाहान्छु’

डोटी ६ बैशाख ।
tribeni2

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ गगुडा धौनायाका २२ बर्षिय अर्जुन बोगटी ब्लड क्यान्सरले थलिएका छन । मोहनदाई ओशवाल हस्पिटल लुधियानामा उपचार गरिरहेका बोगटीको आर्थिक अवस्था न्यून भएका कारण उपचार गर्न असम्भब भएको बोगटीले बताएका छन ।

बोगटीले भने ‘घरको आर्थिक अबस्था कमजोर भएका कारण, बिचैमा पढाइ छोडेर काम गर्न भारत आएँ, बिरामी भएपछी चेकअप गर्दा ब्लड क्यान्सर भएको थाहा पाएँ ।’ उनले मन्दस्वरमा भने ‘पारिवारिक अवस्था कमजोर छ, मसंग एक लाख मात्र थियो त्यो पनि चेकअप मै सकिसक्यो अस्पतालले १६ लाख नेपाली भएमा उपचार सम्भब छ भनेको छ । म कहाँबाट ल्याउनु ?’


बिरामी अर्जुनले आफुलाई बाँँच्न रहर भएकाले सबैलाई सहयोग गर्न अपिल गरेका छन । उनले भने ‘यहाँहरुले सहयोग गर्नु भयो भने त्यो गुन आज नभए अर्को जुनीमा तिरौँला, म बाटै अब मेरो उपचार सम्भब छैन, तर म धेरै बाँच्न चाहन्छु ।’


मध्यम खालको क्यान्सर भएका कारण बोगटीको उपचार सम्भब रहेको मोहनदाई ओशवाल हस्पिटल लुधियानाका डाक्टर रमन अरोडाले बताए । डाक्टर अरोडाले भने ‘उपचार सम्भब छ, १० लाख भारतिय रुपैँया जती लाग्छ, समय मै उपचार सुरु भएन भने हामी केही भन्न सक्दैनौँ ।’


उपचारका लागी बिरामीको उपचार गर्नका लागी सम्भब नभएका कारण घरमै लिएर राखेको बोगटीका साथी श्याम चन्दले बताए । चन्दले भने ‘अस्पतालले भने जती तिर्न सक्ने हाम्रो हैसियत भएन केही दिनमा आउँछौँ भनेर हामीले डेरामा फिर्ता लिएर आएका छौँ ।’


बोगटीको उपचारमा सहयोग गर्न चाहाने ब्यक्तीले अर्जुन बोगटीको खातामा (अर्जुन कुमार) पञ्जाब नेश्नल बैँक खाता नंं ०३०२०००१०५३४४९२१ मा जम्मा गर्न सक्नु हुन्छ । यदी ब्यक्तीगत सम्पर्कका लागी अर्जुन बोगटीको नम्बर ००९१८९६८३७१९६३ र बोगटीका साथी श्याम चन्दको सम्पर्क नं. ००९१८८४७६२१५२३ मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सकिने बोगटीका साथी श्याम चन्दले जानकारी दिए ।

नेपालबाट सहयोग गर्न चाहाने ब्यक्तीले अर्जुन बोगटीका साला प्रेम चन्दको फोन ९८६५७५४३३९ सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  २१:०४
प्रतिक्रिया दिनुहोस्