Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीका बाढीपीडितलाई राहत

२०७९ भदाै १४
tribeni2

रुकुम पश्चिम / आईतबार आएको भारी वर्षासँगैको बाढीले क्षति पुर्याएका स्थानीयलाई राहत प्रदान गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिकाले वडा नम्वर ३ का तीन घरपरिवारलाई मंगलबार राहत उपलब्ध गराएको हो ।

आइतबारको भारी बर्षाले ३ नम्बर वडा स्थित देउताखोला आसपारका घर, घट्ट र सयौँका धान खेतबारी बगाएको थियो । बर्षाले घर बगाएका स्थानीय ओपेन्द्र ओलीको र प्रजित गुरुङको परिवारलाई राहत दिईएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो ।

गाउँपालिकाले प्रजित गुरुङको परिवारलाई ५० केजी चामल, ४ केजी दाल, ४ बोतल तेल, ५ पोका नुन र एउटा त्रिपाल वितरण गरेको छ । त्यस्तै ओपेन्द्र ओलीको परिवारलाई २५ केजी चामल, ५ केजी दाल, २ बोतल तेल, ३ पोका नुन र एउटा त्रिपाल उपलब्ध गराएको छ ।

त्यसैगरी देउताखोलाले बगाएर मृत्यु भएका दलबिर गुरुङको परिवारलाई ५० केजी चामल, ४ केजी दाल, ४ बोतल तेल र ५ पोका नुन उपलब्ध गराएको छ । आईतबार देउताखोलाले बगाएका गुरुङको शव सोमबार फेला परेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्