सोसल मिडिया
दाङ / तिजको नाचगान गरिरहेको बेला चट्याङ लागेर दांगमा दुई जनाको ज्यान गएको छ ।
दाङको घोराही उपमहानगरपालिका १२ गुरौ गाउँमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङ लागेर १३ जना घाईते भएका छन् । घाईते मध्य दुई जनाको अवस्गा गम्भिर रहेको जनाईएको छ ।
तिजको अवसरमार महिलाहरु स्थानीय साल डाँडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको थियो ।