Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादीको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा

tribeni2

सुर्खेत / नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा गोपाल शर्मालाई नियुक्त गरिएको छ।

माओवादी संसदीय दलले बिहीबार शर्मालाई प्रमुख सचेतकमा नियुक्त गरेको हो । रूकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य शर्मा कर्णाली प्रदेश सरकारको अर्थमन्त्री भैसक्नुभएको छ ।

यसअघि प्रमुख सचेतक रहेका ठम्मर विष्ट माओवादी छोडेर एमाले प्रवेश गरेपछि जाजरकोटकी कृष्णा शाहलाई प्रमुख सचेतक बनाइएको थियो। शाह पनि अहिले आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएपछि शर्मालाई बनाइएको हो।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्