Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रधानमन्त्री कृषि परियोजनालाई १५२ जना करार कर्मचारी आवश्यकता

tribeni2

काठमाडौं / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइले ठूलो संख्यामा करार कर्मचारी मागेको छ ।

परियोजनाले  बिहिबार सूचनामार्फत कृषि प्राविधिक कर्मचारी छनौटसम्बन्धी कार्यविधि २०७८ बमोजिम १५२ जना करार कर्मचारी माग गर्दै आवेदन दिन भनेको हो ।

जसमा कृषि अधिकृत ३६, पशु विकास अधिकृत ७, नायब प्राविधिक सहायक ८२ र नायव पशु सेवा प्राविधिक २७ जना मागिएको छ । सूचना अनुसार इच्छुक उम्मेदवारले असोज ६ गतेसम्ममा आवेदन दिईसक्नुपर्ने छ ।

आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट आवेदन दिन सकिने सूचनामा उल्लेख छ । कर्मचारीको माग संख्या थपघट भएमा संशोधित विवरण वेभसाइट राखिने भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्