Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा कल सेन्टर स्थापना

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सम्पर्क केन्द्र (कल सेन्टर) स्थापना गरेको छ ।

नगरपालिकाले आज बिहिबार एक सूचना जारी गर्दै नगरपालिकाबाट सञ्चालन भएका एम्बुलेन्स तथा अन्य आपतकालिन सेवाको सहजताको लागि कल सेन्टर स्थापना गरेको जनाएको छ ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एम्बुलेन्स सेवा तथा अन्य आपतकालिन सेवाको व्यवस्थित र सहज पुहँच स्थापनाको लागि कल सेन्टर स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार यस सेवाको लागि सर्वसाधारणले ९८५८०६७२११ मोबाईल नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्नेछन् ।

यस कार्यले सर्वसाधारणलाई आपतको बेलामा स्थानीय सरकारले साथ दिन सक्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्