Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वका साढे सात हजार बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइयो

२०७९ भदाै १७
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा सात हजार ५६६ अर्थात ६५.१८ प्रतिशत बालबालिकाले कोरोना भाइरस विरुद्धको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप को पहिलो मात्रा लगाएका छन् ।

जिल्लाका ३ गाउँपालिका सिस्ने गाउँपलिका, भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाका ३१ वटा खोपकेन्द्रबाट पाँच वर्षदेखि ११ वर्ष उमेर सम्मका बालबालिकालाई गत ८ गतेदेखी ११ गतेसम्म फाइजर खोप दिईएको थियो ।

चार हजार २८१ बालबालिकाको लक्ष्य लिएको सिस्ने गाउँपलिकामा दुई हजार ८८२ जना अर्थात ६७.३२ प्रतिशत बालबालीकाले खोप पहिलो मात्रा लगाएका छन् । यस्तै दुई हजार ६११ बालबालीकाको लक्ष्य लिएको भूमे गाउँपालिकामा दुई हजार २३६ अर्थात ८५.६४ बालबालिकाले खोप पाएका छन् ।

त्यसैगरी चार हजार ७१५ बालबालीकाको लक्ष्य लिएको पुथा उत्तरगंगा गाउँपालिकाका दुई हजार ४४८ अर्थात ५१.९२ प्रतिशत बालबालीकाले कोरोना बिरुद्धको पहिलो मात्राको खोप पाएका छन् ।

जिल्लाभर ११ हजार ६०७ बालबालीकाको लक्ष्य रहेकोमा जम्मा सात हजार ५६६ अर्थात ६५.१८ प्रतिशत बालबालीकाले मात्रै पहिलो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी निम प्रसाद गिरीले बताउनु भयो ।

उहाँका अनुसार यो पटक पहिलो मात्राको खोप लगाएका बालबालिकाले २१ दिन देखि २८ दिनसम्म दोस्रो मात्राको खोप लगाउनेछन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्