सोसल मिडिया
दाङको तुलसीपुर उपमहानगरपालिकाको नगरसभाले नयाँ शिक्षा ऐन पारित गरेको छ । नगरसभाले पारित गरेसँगै शिक्षामा नयाँ व्यवस्था लागु हुने भएको छ ।
ऐनमा मेघा विद्यालय सञ्चालन गर्नेलाई प्रोत्साहन गर्नेदेखि हरेक वडामा शिक्षा समिति वनाउने सम्मका कुरा उल्लेख गरिएको छ ।
ऐनले तुलसीपुर उपमहानगरपालिका भित्र कक्षा स्थापना, कक्षा स्थगन, समायोजन, कक्षा थप र नाम परिवर्तनको सम्पूर्ण अधिकारी उपमहानगरपालिका भित्रै रहने व्यवस्था गरेको छ ।
यसैगरी कुनै विद्यालयले समुदायको आवश्यकता महसुस गरेर कक्षा ५ सम्म मातृभाषामा कक्षा सञ्चालन गर्न सकिने विषयलाई पनि ऐनले समेटेको छ ।