Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निरन्तरको वर्षाले सिस्नेका दुर्गम गाउँमा झन् सास्ती

२०७९ भदाै १७
tribeni2

रुकुम पूर्व / लगातारको वर्षाका कारण आएको बाढी पहिरोले रुकुम पूर्वका दुर्गम बस्तीहरुमा सर्वसाधारणलाई थप सास्ती हुने गरेको छ ।

सिस्ने गाउँपालिका २ का तिलकराज रसाईलीका अनुसार बाढी र पहिरोका कारण जिल्ला सदरमुकाम समेत रहेको सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटबाट बिभिन्न वडाहरुमा जाने सर्वसाधारणहले सास्ती पाईरहेका छन् । कतै बाटो अवरुद्ध, कतै ढुंंगा खस्ने त कतै पहिरो झर्दा सर्वसाधारणहरुले सास्ती पाएका हुन् ।

रसाईलीले दिनुभएको जानकारी अनुसार अहिले रुकुमकोट देखि देउखोला हुँदै सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङ र वडा नम्वर १ सिस्ने जाने बाटो अवरुद्ध भएको छ । उक्त बाटोमा माथिल्लो भागबाट ढुंगा खस्ने गरेको छ ।

त्यसैगरी पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर ८ चारगाँउ, वडा नम्वर ७ जाङ, वडा नम्वर १४ नाखा र राङ्सि तर्फ जाने बाटोमा पहिरो जानुका साथै ढुंगा खस्ने गरेको छ । उक्त बाटो भएर सर्वसाधारणहरु आउजाउ गर्न कठिनाई भएको छ । त्यसका साथै देउखोलाको माथिबाट आयको पहिरोले सडक पूर्ण रुपमा अबरुद्ध भएको छ ।

सिस्ने गउँपालिका २ प्वाङको दत्कुना बस्ति मुनिबाट पहिरो खसेपछि झन् जोखिम बढेको छ । पहिरोसंगै आएको माटो बगेर नायगाड बजार छेउसम्म पुगेको छ । नायगाड, सुद्रि, सल्लिबिसौनि आसपासको बाटोमा पनि पहिरो खस्ने, ढुंगा झर्ने समस्याले दिनानुदिन जोखिम बढेको स्थानीयले जनाएका छन् ।

उक्त स्थानमा आएकाे पहिरोले गत असारमा निर्माण सम्पन्न गरेको थाँति बस्ति नजिकको मेसिनरि वाल समेत पुर्ण रुपमा भत्किएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्