Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँग्रेस रुकुम पश्चिमद्वारा प्रदेश सभा निर्वाचनका उम्मेदवार सिफारिस

प्रदेश निर्वाचन 'ख' मा विधान भन्दा बढी उम्मेदवार सिफारिस
tribeni2

रुकुम पश्चिम / आसन्न मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागि नेपाली काँग्रेस रुकुम पश्चिमले आकांक्षि उम्मेदवारहरुको नाम टुंग्याएको छ ।

शुक्रबार छु्ट्टाछुट्टै बसेको नेपाली काँग्रेस क्षेत्रिय कार्यसमितिको बैठकले प्रदेश निर्वाचन क्षेत्र 'क' र 'ख' को लागि उम्मेदवारहरु सिफारिस गर्ने निर्णय गरेको हो ।

बाँफिकोटको छिनखेतमा बसेको क्षेत्रिय कार्यसमितिको बैठकले प्रदेश निर्वाचन क्षेत्र 'क' को प्रत्यक्ष तर्फको निर्वाचनको उम्मेदवारको लागि कृष्णबहादुर रोकाय, हर्कसिं खत्री र टेकबहादुर बस्नेतको नाम सिफारिस गर्ने निर्णय गरेको छ । क्षेत्रिय उपसभापति रामबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले समानुपातिक तर्फ बालकुमारी गिरी र धिरेन्द्र कुमार बटालाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी सानीभेरी गाउँपालिका ९ सिम्लीमा बसेको प्रदेश सभा 'ख' क्षेत्रिय कार्यसमितिको बैठकले प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । जसमा प्रेमप्रकाश ओली, खड्कबहादुर डाँगी, शिव आचार्य, थलबहादुर खड्का, लालबहादुर ओली र देवबहादुर ओलीको नाम सिफारिसका लागि निर्णय भएको छ ।

क्षेत्रिय सभापति भद्रबहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले समानुपातिक तर्फ नौ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । तिलक भण्डारी, सीता ओली, आश्मादेवी गहतराज, मोहन आचार्य, प्रविर ददेल, लोकेन्द्र केसी, देवी पुन, दिपक बिएम र राजकुमार बादीको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र 'ख' मा विधानभन्दा बढी आकांक्षि उम्मेदवारहरुको नाम सिफारिस भएको बताईएको छ ।

क्षेत्रिय समितिले गरेको सिफारिस जिल्ला समितिमा पेश हुने र जिल्लाले प्रदेशमा पठाउने बताईएको छ । नेपाली काँग्रेस रुकुम पश्चिमले प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारहरु चयन भने भदौ १८ गते शनिबार गर्ने बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्