Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पिपलचौरका ५० घर पहिरोको जोखिममा

tribeni2

जाजरकोट / जाजरकोटको नलगाड नगरपालिका ४ को पिपलचौरका ५० घर पहिरोको जोखिममा रहेका छन् । बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपलचौर बस्ती उच्च जोखिममा परेको हो ।

स्थानीय प्रेमबहादुर रावलका अनुसार ठुलो पानी परेको दिन पहिरो खस्ने डरले गाउँलेहरु रातभर जाग्राम बस्नुपरेको छ । पहिरोले बस्ती नै जोखिममा रहेको उहाँले उल्लेख गर्नुभयो । 

पहिरो तथा खहरे खोलाको कटानले गर्दा बस्ती पिपल चौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताउनुभयो । कालीमाटी सिक्रे सडक निर्माण गर्दा यसको असर यहाँका ५० घरधुरीमा परेको गौतमको भनाई छ । पहिरो रोकथाम तथा नियन्त्रण समयमै गरिएन भने यसबाट ठुलो क्षति पुग्ने उहाँले जनाउनुभयो ।

पहिरो रोकथाम तथा नियन्त्रण तर्फ कतैबाट पनि पहल हुन सकेको स्थानीयको भनाई छ । पहिरोले गर्दा यहाँका मान्छेहरू त्रासमा छन् ।

वडा अध्यक्ष बद्री पन्तले पहिराको कारण स्थानीयको घर र जग्गा निकै जोखिम भइसकेको बताउनुभयो । यो सबै जथाभाबी सडकको कटानको कारण भएको अध्यक्ष पन्तको भनाई छ ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्