Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बलात्कार प्रयासको मुद्दा प्रहरीले दर्ता गर्न नमानेको आरोप

२०७९ भदाै १८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा प्रहरीले जबरजस्ती करणी प्रयासको मुद्धा दर्ता गर्न अस्विकार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पुथा उत्तरगंगा गाउँपालिकाकी सीता (नाम परिवर्तीत) को मुद्धा दर्ता गर्न अस्विकार गुनासो रहेको छ ।

यहि भदौ १४ गते बिहान रोल्पा थबाङ गाउँपालिका १ का रामप्रसाद बुढाले उहाँकै घरमा पुगेर जबरजस्ति करणीको प्रयास गरेको भन्दै सीता मुद्धा दर्ता गर्न १५ गते जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा पुगेको तर प्रहरीले मुद्धा दर्ता नगरेको पीडित पक्षले बताएको छ ।

पीडित सीताले १४ गते बिहान ९ बजे घरमा आएर रामप्रसाद बुढाले आफु माथी हातपात गरेको, उसले हातपात गर्दा लगाएको टिसर्ट पनि च्यातिएको र रिसले दुई वटा हास पनि हानेर घाइते बनाइदिएको बताउनुभयो । आफुमाथी जबरजस्ति करणीको प्रयास भएपछि न्यायको लागि जिल्ला प्रहरी कार्यालय आउदा प्रहरी मुद्धा गर्दा गर्न नमानेको सीताले बताउनुभयो ।

जबरजस्ति करणी उद्योगको मुद्धा दर्ता गर्न भन्दै प्रहरी कार्यालयमा पुग्दा जिल्ला प्रहरी कार्यालयले साक्षी लिएर आउनु अनि मात्र मुद्धा दर्ता हुन्छ भनेर फर्काएको पीडित महिलाले बताउनुभयो ।पीडित महिलासँगै उहाँको साथमा आएका ४ जना रातारात साक्षी ल्याउन तकसेरा गएको र साक्षि लिएर प्रहरीमा जाँदा पनि यस्तो पनि मुद्धा हुन्छ, फर्केर जानु दर्ता हुदैन फर्काईदिएको पीडितको भनाई रहेको छ ।

आरोपी रामप्रसादले १३ गते राती १ बजे तकसेराकै अमरमाला बुढामाथी पनि आक्रमण गरेका बताईएको छ । उनले राती घरमा एक्लै साना दुई छोरी र एक छोराको साथमा सुतिरहेको बेलामा बाहिरबाट ढोका हानेर खुकुरीको साथमा भित्र छिरेर हातपात गरेको आरोप छ । खुकुरीले हान्दा टीनको ढोका पनि प्वाल परेको पीडितले जनाउनुभयो । यहि घटनालाई ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गर्न भनेर प्रहरी कहाँ पुग्दा यसलाई पनि प्रहरीले अभद्र व्यवहार भनेर मुद्धा दर्ता गरिदिएको पीडित बुढाले बताउनुभयो ।

रातीमा घरमा आएर ढोका हान्दै तेरो परिवारलाई सिध्याउछु, बलात्कार गर्छु भन्दै कराएको र खुकुरी र लात्तीले हानेर ढोका खोलेर आफुलाई आक्रमण गरेपछि चिच्याएको बुढाले उल्लेख गर्नुभयो । पछिमात्र वरपरका मान्छे जम्मा हुँदा रामप्रसाद भागेको बुढाले बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले भने पहिले घटना सहि हो की गलत हो भनेर पहिले अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाहरुले ल्याएको निबेदन पनि स्पष्ट नभएको भन्दै आफुले पूरा गरेर ल्याउन अनुरोध गरेको डिएसपी डाँगीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्