Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का सन्तोष ओलीले विद्यालयमा अक्षकोष स्थापना गर्नुभएको हो । आफुले अध्ययन गरेको विद्यालय श्री हिमालय जनता माद्यामिक विद्यालय नुवाकोटडाँडामा ११ हजार १ सय ११ रुपैयाँको शुभारम्भ नामक अक्षकोष स्थापना गरेको सन्तोषले बताउनुभयो ।

बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा समस्या नहोस् भनेर अक्षयकोष स्थापना गरेको पनि उहाँले बताउनुभयो । आगामी दिनमा सो कोषलाई बढाउँदै लैजाने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

आफ्नो जन्मदिनलाई तडक भडकका रुपमा फजुल खर्च गरेर मनाउनुभन्दा आफुले अध्ययन गरेको विद्यालयमा अक्षकोष स्थापना गर्न पाउदाँ खुसी लागेको पनि ओलीले बताउनुभयो ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य समेत रहुनभएका ओली सामाजिक गतिबिधिमा सक्रिय रहनुभएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्