Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले रुकुम पश्चिमद्वारा २८ जना उम्मेदवार सिफारिस

tribeni2

रूकुम पश्चिम /नेकपा एमाले रूकुम पश्चिमले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि २८ जना उम्मेदवार सिफारिस गरेको छ ।

आईतबार मुसिकोट ५ बागबजारस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको छैटौँ  बैठकले प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नन्दराम देवकोटा, प्रविण नेपाल र सरिता सुनारलाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ चन्द्र बहादुर बिश्वकर्मा, गोबिन्द के. सी., रचना मल्ल , विद्यापति रिजाल, बालाराम पुन र कौसिला के. सीलाई सिफारिस गरेको प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।

यसैगरि प्रदेश निर्वाचन क्षेत्र नम्वर क को लागि प्रत्यक्ष तर्फ नारायण कुमार शाह,जिवन के. सी. र डिला शाह सिफारिसमा परेका छन भने समानुपातिक तर्फ सिफारिस हुनेहरुमा व्युँझना पुन देवकोटा, तुलसा मल्ल, शसिराम नेपाली, मोहनलाल खत्री, गणेश के. सी. र लाल बहादुर वुढा रहेका छन ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्वर ख को प्रत्यक्ष तर्फ कर्ण बहादुर घर्ती, हिम प्रसाद शर्मा, लोकेन्द्र मल्ल, डण्डी कार्की र भद्र कुमारी खड्कालाई सिफारि गरेको छ भने समानुपातिक तर्फ खड्क बस्त्रकार, मनबिर घर्ती, मिस्रीलाल पुन, यज्ञ बहादुर बिष्ट र गणेश सुनार लाई सिफारिस गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्