Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेकपा एमाले रुकुम पूर्वद्वारा प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवार सिफारिस

२०७९ भदौ २०
tribeni2

रूकुम पूर्व / नेकपा एमाले रूकुम पूर्वले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।

आईतबार तकसेरामा बसेको तेस्रो जिल्ला कमिटीको विस्ताति बैठकले प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेदवारको नाम सिफारिस गरेको हो ।

बैठकले प्रदेश निर्वाचन क्षेत्र नम्वर क को लागि प्रत्यक्ष तर्फ आशा स्वर्णकार, तेजेन्द्र बुढा मगर र मोहन भक्त बुढा मगरलाई सिफारिस गरेको हो भने समानुपातिक तर्फ केश कुमारी तुलाचन, सारिका पुन मगर र दिपा सुनारलाई सिफारिस गरेको छ ।

यस्तै निर्वाचन क्षेत्र नम्वर ख को लागि प्रत्यक्ष तर्फ पशुपति खडका, लीलामणि गौतम, भावना बुढाथोकी र हरिहर पौडेल सिफारिसमा परेका छन भने समानुपातिक तर्फ खेममान खडका, फत्ते ओली , रनजित नेपाली, रामलाल केसी र गोपाल सुनार रहेका छन ।

त्यसैगरी बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ टोपबहादुर ओली, कैलाश कुमार मल्ल र नुमेन्द्रा खडकालाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ नन्दलाल शर्मा, लक्ष्मी प्रसाद पुन मगर, निर्माण बुढा मगर र उपेन्द्रलाल कामीलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्