Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला अस्पताल रुकुमको अध्यक्षमा कुसारी

tribeni2

रुकुम पश्चिम / जिल्ला अस्पताल विकास समिती रुकुम पश्चिमको अध्यक्षमा टेक कुसारी नियुक्त हुनुभएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उहालाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरेको हो । नव नियुक्त अध्यक्ष कुसारीले सोमबार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नुभएको छ ।

समितिको सदस्यहरु कमला केसी, धनश्याम थापा र दिपकराज खड्कालाई नियुक्त गरिएको छ ।

अध्यक्ष कुसारीले जिल्ला अस्पतालको सेवालाई सवैको सुझावको आधारमा थप सुधार र ब्यवस्थित बनाउन लागीपर्ने बताउनुभयो ।
अस्पतालले करिब डेढ बर्षपछि ब्यबस्थापन समिति पाएको हो ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्