Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनतासँग जनप्रतिनिधि कार्यक्रम

tribeni2

रुकुम पश्चिम /  चौरजहारी नगरपालिका वडा नम्बर ५ ले जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्ने भएको छ।
वडाले भदौ २४ गतेदेखि २८ गतेसम्म वडाको विभिन्न टोलहरु जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्ने भएको हो ।

कृषि ,शिक्षा ,स्वास्थ्य लगायत वडा कार्यालयबाट हुने सबै सार्वजनिक सेवा प्रवाहको बारेमा जानकारी दिन र वडामा कत्तिको प्रभाव परेको छ भनि थाहा पाउनको लागी उक्त कार्यक्रम गर्न लागेको वडा अध्यक्ष खुमबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार लहरेसिमल, मल्यासिम,बेतेनी खहरेमा क्रमश २४, २६,२७ र २८ गते विहान १० बजेदेखि वडाका जनप्रतिनिधिहरु ,स्वास्थ्यकर्मी ,कृषि शाखा, पशु शाखाका कर्मचारीहरु, शिक्षक, महिला, बालबालिका तथा जेष्ठ नागरिकहरु लगायत सवैको उपस्थिति रहने छ ।

कार्यक्रमको उद्देश्य जनप्रतिनिधीहरुलाई थप जिम्मेवार बनाउने र भावी योजनामा अगाडि बढ्न प्रेरित गर्ने समेत रहेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्