सोसल मिडिया
नुवाकोट / नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार सिफारिस टुङ्ग्याएको छ । क्षेत्र नम्बर १ मा नेकपा ९माओवादी केन्द्र०का पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य हितबहादुर तामाङ पुनः सिफारिस हुनुभएको छ । उहाँ बहालवाला सांसद हुनुहुन्छ । अघिल्लो निर्वाचनमा तामाङले काङ्ग्रेसका उम्मेदवार डा। रामशरण महतलाई ८ हजार ५ सय मतले पराजित गरी निर्वाचित हुनुभएको थियो ।
निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रत्यक्षतर्फ सांसद तामाङलाई प्रत्यक्षतर्फ पुनस् उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्रीय ईञ्चार्ज तथा पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले बताउनुभयो । समानुपातिकतर्फ पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज बिमला सुवेदी, शिव खाती र गमला श्रेष्ठ सिफारिस हुनुभएको छ । सुवेदी २०६४ सालको निर्वाचित संविधानसभा सदस्य हुनुहुन्छ । आकांक्षी धेरै भएपछि समानुपातिक तर्फको नाममा सर्वसम्मत हुन नसकेको जिल्ला संयोजक पुष्प लामिछानेले जानकारी दिनुभयो ।
यस्तै प्रदेशसभा तर्फ माओवादीले १ (क) को प्रत्यक्षकमा बाग्मती प्रदेश उपसभामुख राधिका तामाङलाई सर्वसम्मत सिफारिस गरेको छ । तामाङ २०७० को संविधानसभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री हुनुहुन्छ । १ (ख) मा जिल्ला संयोजक लामिछाने सिफारिस हुनुभएको छ । १ ९क० को समानुपातिकतर्फ एलिशा थापा, रत्न बिक, लालबहादुर तामाङ, कृष्णबहादुर तामाङ, प्रमोदलाल श्रेष्ठ, पदमबहाहदुर तामाङ र पार्वती पण्डितसहित ६ जना सिफारिसमा पर्नुभएको छ । १ ख को समानुपातिकतर्फ सुवास तामाङ, रामहरि श्रेष्ठलगायत ८ जनालाई सिफारिस गरिएको छ ।