Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा बृहत यौनिकता शिक्षा कार्यक्रम

२०७९ भदौ २१
tribeni2

रुकुम पुर्व / रुकुम पुर्वको सिस्ने गाउँपलिका पालिकास्तरिय बृहत यौनिकता शिक्षा कार्यक्रम समिक्षा गोष्ठि सम्पन्न भएको छ ।
सोमबार UNFPA नेपाल र सिदार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु सहकार्य तथा सिस्ने गाउँपालिकाको आयोजनामा रुकुमकोटमा समिक्षा कार्यक्रम सप्पन्न गरिएको हो ।

सिस्ने गाउँपालिका भित्रका ९ वटा माध्यामिक विद्यालयहरुमा उक्त कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा बिद्यालयमा बृहत्तर यौनिकता िशक्षा सम्वन्धी संचालन भएका गतिबिधी र यसबाट भएका उपलब्धीका बारेमा समिक्षा गरिएको थियो । कार्यक्रममा विभिन्न बिद्यालयका शिक्षकहरुले बिद्यालयमा सन्चालन गरिएका विभिन्न कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सिस्ने गाउपालिकाका अध्यक्ष कृष्ण रेग्मी ले संचालन गरिएका यस्ता कार्यक्रमहरु किशोर किशोरीहरूका लागि जिवन उपयोगि र अत्याबश्यक भएकोले सिस्ने स्थानिय सरकारले स्थानिय पाठ्यक्रममा समाबेश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । यस्तै उहाँले विद्यालयमा बृहत यौनिकता शिक्षालाई प्रभावकारी ढ्ङले अघि बढाउनु पर्नेमा जोड दिदै कार्यक्रम सहकार्य गर्ने निकायलाई धन्यवाद दिनुभएको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा उपाध्यक्ष गोपाल रेउले,शिक्षा तथा समन्वय ईकाई रुकुम पुर्वका प्रमुख तिलक गौतम,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकास बिक्रम शाहको उपस्तिथि रहेको थियो । त्यस्तै ग्ल्ँएब् जिल्ला संयोजक भुवल सेजुवाल,सिदार्थ सामाजिक बिकास केन्द्रका धुर्व वेल्वासे सम्बन्धित विद्यालायका प्रधानअध्यापकहरु गाउँपालिका लगाएतको उपस्थित रहेको कार्यक्रमको सहजीकरण गाउँपालिका शिक्षा शाखा प्रमुख मङ्गलसिङ बुढाले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्