Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाल हिंसाको आरोपमा डाक्टरलाई पक्राउ पुर्जी जारी

tribeni2

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा.करण साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पक्राउ पूर्जी जारी गरेको छ ।

डा.साहलाई नियन्त्रण लिई अनुसन्धान थाल्न जिल्ला अदालत जुम्लाले सोमबार पक्राउ पूर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा.साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागे अनुसार पक्राउ पूर्जी दिइएको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार अधिकृत सरोजराज रेग्मीले जानकारी दिनुभयो ।

एसिया इन्टरनेश्नल मोडेल इङ्गलिस स्कुल, जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका २ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा.साहले बाल हिंसा गरेको भन्दै बालकका आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते उनीविरुद्ध जाहेरी दरखास्त दर्ता गर्नुभएको थियो ।

“बाल हिंसाको आरोपमा प्रहरीमा डा.साह विरुद्धमा जाहेरी पर्यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति माग्यो,” अधिृकत रेग्मीले भन्नुभयो, “प्रहरीले त्यस अनुसार अदालतले अनुसन्धान प्रयोजनको लागि फुक्का अनुमति दिएको हो ।” अहिलेको कानूनी व्यवस्थामा अनुसार कुनै आरोपितविरुद्धको अनुसन्धान प्रयोजनका लागि प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्ने नियम रहेको उहाँले बताउनुभयो ।

यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ड्युटीमा रहेका बेला डा.साहले उपचार नगरेको र बालक तीर्थविक्रमलाई उपेक्षा एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसा सम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त गरेपछि प्रहरीले उहाँमाथि अनुसन्धान सुरु गरेको छ । साह जलेश्वर नगरपालिका ५ महोत्तरी जिल्ला निवासी हुनुहुन्छ ।

भदौ २ बालकका बुबा धनबहादुर शाहीले छोरा पृथकविक्रमले पेट दुख्यो भनेपछि उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा लिनुभएको थियो । छोराको टाँका काट्न पेटको उपचारका लागि आकस्मिक कक्षमा धनबहादुर पुगेर डा.साहसँग बारम्बार अनुरोध गर्दा पनि उहाँले मतलब नगरेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्