सोसल मिडिया
निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ ।
सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गर्दै मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी दिएका दिनुभएको छ । ।
यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगले जनाएको छ ।