सोसल मिडिया
काठमाडौँ / राष्ट्रियसभा बैठकले बीमा विधेयकलाई स्वीकृत गरेको छ।
बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
मङ्गलबारको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।