Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दाहसंस्कारका लागि निःशुल्क दाउरा दिदैं नगर सरकार

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले दाहसंस्कारका निःशुल्क दाउरा उपलब्ध गराउने भएको छ ।

आज मंगलबार नगरपालिकाले स्थानीय विरबहादुर नेपालीसंग शव व्यवस्थापनको लागी दाउरा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको हो

नगर भित्रका १, २, ३ र ५ नम्बर वडालाई लाइ दाहसंस्कारको लागी निशुल्क दाउरा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

उक्त सम्झौता अनुसार आर्थिक वर्ष २०७९र०८० को स्वीकृत कार्यक्रम अनुसार दाउरा उपलब्ध गराइने भएको हो ।

यी तोकिएका वडामा कोही व्यक्तिको मृत्यु भएपछि प्रति शव तीन हजारका दरले मुग्लुखोला घाटमै निःशुल्क रुपमा दाउरा उपलब्ध हुने सम्झौतामा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्