Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटका शहिद परिवारको निशुल्क स्वास्थ्य बिमा

tribeni2

रुकुम पश्चिम /रुकुम पश्चिमको आठबिसकोट नगरपालिका भित्र रहेका शहिद परिवारको निःशूल्क स्वास्थ्य बिमा गरिने भएको छ ।

मंगलबार नगरपालिकामा नगर प्रमुख रवि केसीको अध्यक्षतामा बसेको ७४ औँ नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले नगर शिक्षा समितिको महत्वपुर्ण निर्णयहरु अनुमोदन गर्ने, सहित नमुना माद्यामिक विद्यालय र दिपज्योती आधारभुत विद्यालयलाई मर्ज गर्ने, पढ्दै कमाउदै कार्यक्रम अनुसार १ जना कपडा कटिङ शिक्षक नियुक्त गर्ने, ठुलीभेरी, गिजागाड खोला लगायत १ देखि १४ वडा सम्मका सबै खोलाको अवैध रुपमा ढुङ्गा रोडा गिट्टी बालुवा माटो निकाल्ने काम बन्द गर्ने लगायतका निर्णयहरु गरेको नगर प्रवक्ता देव बहादुर घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले नगरपालिकाका सरोकारवाला निकाय, जनप्रतिनिधि, कर्मचारी, तथा सर्वसाधारणलाई महिनाको १ दिन अनिबार्य श्रममा जोड्ने, नगरपालिकामा नापी कार्यालय तथा मालपोत कार्यालय स्थापना को लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्