Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भारतबाट २८ नेपाली किशोरको उद्धार

काठमाडौं ७ बैशाख
tribeni2

२८ जना नेपाली किशोरको भारत बिहारबाट उद्धार गरिएको छ । सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका २८ किशोरलाई भारतको सितामढी बस स्टेण्डबाट उद्धार गरीएको हो । नेपालको सिमाना कटाई भारतको बिहार अन्तर्गत सितामढी हुँदै चेन्नईको मद्रास जाने क्रममा रहेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

कामको शिलशिलामा जाँदै गरेका नेपाली किशोलाई भारत सितामढी जिल्लाको प्रशासनको चाईल्ड प्रोटेक्सन युनिटले केन्द्रीय बाल कल्याण समितिको समन्वय तथा ग्रोविङ्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायको पहलमा भारतबाट उद्धार गरिएको हो ।

चारवटै जिल्लाका अलग–अलग सिमानाकाबाट भारत प्रवेश गरी सितामढीबाट रेल चढाएर लैजादै गरेको अवस्थामा उनीहरुलाई भारतीय चाईल्ड प्रोटेक्सन युनिटले गत चैत २४ गते नियन्त्रणमा लिएको थियो ।


चेन्नईमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिरहाका ३ र सर्लाहीका २ जना गरी कुल २८ जना किशोर १४ देखि १७ वर्ष उमेरका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  २२:०४
प्रतिक्रिया दिनुहोस्