Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उत्कृष्ट कार्यसम्पादन गर्ने तीन कर्मचारी सम्मानित

२०७९ भदौ २२
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा निजामती सेवा दिवसको अवसरमा तीन कर्मचारीलाई सम्मान गरिएको छ ।

बुधबार कर्मचारी मिलन केन्द्रले आयोजना गरेको एक कार्यक्रमका बिच उत्कृष्ट कार्यसम्पादन गर्ने तीन कर्मचारीलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा काक्री स्वास्थ्य चौकी भुमे का इन्चार्ज तिलक रोका मगर, डिभिजन बन कार्यालयका नविन बिष्ट र सरकारी वकिल कार्यालयका गोपाल पौडेल रहेको कर्मचारी मिलन केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ ।

त्यसैगरि उत्कृष्ट कार्य सम्पादन गर्ने निर्वाचन कार्यालय रुकुम पुर्वलाई पनि सम्मान गरिएको बताइएको छ ।

यस्तै कर्मचारी मिलन केन्द्र रुकुम पूर्वले "व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन" भन्ने नाराका साथ विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरि १९ औ निजामती सेवा दिवस भव्य रुपमा मनाएको छ।

कर्मचारी मिलन केन्द्र रुकुम पूर्वका अध्यक्ष सन्जिब कुमार चौधरी को अध्यक्षता रहेको कार्यक्रममा जिल्ला न्यायाधीश माननीय श्याम प्रसाद घिमेरेको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको बिशेष आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकाय प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम को संचालन एकीकृत कृषि तथा पशुपन्छी विकासका कार्यालय प्रमुख पिताम्बर बस्नेत र नापी कार्यालयका प्रमुख सृष्टि बैदारले गर्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्