जनार्दन शर्माद्वारा उपमहासचिव पद अस्वीकार

जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीकाे उपमहासचिव पद अस्वीकार गर्नुभएको छ ।

बुधबार माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा उनले पद अस्वीकार गर्नुभएको हो । 

‘नीति र नेतृत्व सही ढंगले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु । तर, रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडी हुँदैन, लाइनले हुँदैन,’ उहाँले भन्नुभयो ।

पार्टीकाे महासचिवकाे दाबेदार उहाँले कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा भन्नुभएको छ— ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरूलाई जानकारी गराउन चाहन्छु ।
 
 माओवादीले शर्मासँगै गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल,शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो । त्यो निर्णयमा शर्माले फरक मत राख्नुभएको थियो । ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्